• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गृहमन्त्रीको राजीनामा माग गर्दै मशाल जुलुस

  • खबरदाता

गृहमन्त्रीको राजीनामा माग गर्दै मशाल जुलुस

पुस १५, २०८०

राजधानीमा मशाल जुलुस निकालिएको छ।

पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।

आइतबार साँझ राप्रबिसं नेपालले शंकरदेव क्याम्पस अगाडि भेला भएर मशाल जुलुस प्रदर्शन गरेको हुन्। उनीहरुले भ्रष्टाचार, बालकुमारी घटनाको विरोध गर्दै प्लेकार्ड सहित सरकारको विरुद्धमा प्रदर्शन गरेका थिए। उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।

उनीहरुले‘मानव अधिकार पालना गर, युवालाई स्वदेशमै बाच्ने अधिकार सिर्जना गर, गृहमन्त्री राजीनामा दे’, लगायतका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका हुन्।

  • प्रकाशित मिति : पुस १५, २०८०, आइतवार २०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८