• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

  • खबरदाता

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

पुस १२, २०८०

 

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

सुनुवाइ सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ।

हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए। बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जबाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ।

२०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

 

  • प्रकाशित मिति : पुस १२, २०८०, बिहीवार ०९:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८