• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यातायात कार्यालय इटहरीको ६१ करोड राजस्व हिनामिना गर्ने पाँचजना पक्राउ

  • खबरदाता

यातायात कार्यालय इटहरीको ६१ करोड राजस्व हिनामिना गर्ने पाँचजना पक्राउ

मंसिर १९, २०८०

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीको ६१ करोड रुपैयाँभन्दा बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँचजना पक्राउ परेका छन् । यो मुद्दामा विशेष अदालतले नौजनालाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार ९राजस्व रकम हिनामिना० कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार ९हिजो० पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका टीकाराम अधिकारीलाई मोरङ जिल्ला अदालतले राजस्व रकम हिनामिना कसुरमा नौ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना गरेको थियो ।

यस्तै, देवराज नेपाललाई आठ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको थियो । नयराज नेपाललाई आठ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना गरिएको थियो ।

मणिराज दाहाललाई सात वर्ष ११ महिना २३ दिन कैद र चार करोड ३४ लाख पाँच हजार ५९४ रुपैयाँ जरिवाना गरिएको थियो । कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र एक करोड एक लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना गरिएको थियो ।

  • प्रकाशित मिति : मंसिर १९, २०८०, मंगलवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८