मंसिर १९, २०८०
सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । यस सम्बन्धका चारवटा मुद्दाको आज एकैपटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
यसअघि ५ मंसिरमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ मंसिरभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।
२७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ ।
टिकटक प्रतिबन्ध लगाउने रकारको निर्णयमा नेपाली समाज विभक्त छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८