• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सौराहामा हुँदैछ नेपाल गोही संरक्षण मेला

  • खबरदाता

सौराहामा हुँदैछ नेपाल गोही संरक्षण मेला

मंसिर १८, २०८०

चितवन- अति सकटापन्न अवस्थामा रहेको घडीयाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने भएको छ । उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मंसिर २२ र २३ गते हुने भएको हो ।

गोही प्रजातिको प्रभावकारी संरक्षण, स्थानीय समुदायको सहभागिता वैज्ञानिक सूचना र जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण रणनीति तयार र नयाँ पिँढीमा संरक्षण संस्कृतिको विकास गर्नका लागि मेलाको आयोजना गरिएको संयोजक रन्जना भट्टले बताइन् । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेला दुई दिनसम्म हुने छ ।

गोही मेलामा गोही प्रजातिको सन्दर्भमा सूचनामूलक श्रव्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला संस्कृति खानाका परिकारलगायतका स्टलहरू पनि रहने छ ।

मेलाको अवधिभर संरक्षणसम्बन्धी नाटक गीत नृत्यलगायतका विभिन्न कार्यक्रमहरू रहने संयोजक भट्टले बताइन् । उक्त मेलामा विभिन्न ८ विद्यालयहरूमा संरक्षण शिक्षा सञ्चालन हुने उनले बताइन् ।

गोही मेलाले पर्यटकहरूलाई आकर्षण गर्नुका साथै गोही प्रजाति संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए ।

नेपालमा घडीयाल र मगर दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरूको संख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडीयाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हालसम्म भएको छैन ।

  • प्रकाशित मिति : मंसिर १८, २०८०, सोमवार १४:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८