• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

  • खबरदाता

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

मंसिर १६, २०८०

 

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुयाइएको हो ।

अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय श्यया छन् ।

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०८०, शनिवार ०७:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८