• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

  • खबरदाता

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कात्तिक १७, २०८०

बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दियामा शुक्रबार पाटे बाघकोआक्रमणबाट गायत्री डाँगीको मृत्यु भएको हो ।

जिल्लाको मधुवन नगरपालिका–५, स्थित चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा लिन गएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघले आक्रमण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलीले खोजतलास गर्ने क्रममा डाँगी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक १७, २०८०, शुक्रवार २०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८