कात्तिक १७, २०८०
रामेछापको मन्थली विमानस्थलमा शुक्रबार बिहान कुटाकुट गरेका तारा एयरका दुई पाइलटबीच मित्रापत्र भएको छ।
रामेछाप प्रहरीमै पुगेर उनीहरुले मिलापत्र गरेको डिएसपी होमबहादुर पराजुलीले बताए। उनीहरु दुईबीच शुक्रबार बिहान मन्थली विमानस्थलमा कुटाकुट भएको थियो। कुटाकुटपछि ती दुई पाइलट तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र सोही एयरका अर्का क्याप्टेन सञ्जीब श्रेष्ठलाई विमानस्थलमै रहेका अन्य कर्मचारीले छुट्टयाएका थिए।
घटनालगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबै पाइलटलाई निलम्बन गरिसकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८