• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

झलनाथ खनाल चीन प्रस्थान

  • खबरदाता

झलनाथ खनाल चीन प्रस्थान

असोज २९, २०८०

 

पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम ९बीआरएफ०मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा ९एकीकृत समाजवादी०ले जनाएको छ ।

सो पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नेछन् ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा श्रीमती रविलक्ष्मी चित्रकार र प्राडा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन् । खनाललगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • प्रकाशित मिति : असोज २९, २०८०, सोमवार ०९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८