असोज २६,२०८०
भरतपुर – करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार माडी नगरपालिका- ९ कृष्णनगरका विकल्प सुबेदीको मृत्यु भएको हो।
बिहिवार साझ ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि प्रयोग गरिएको तारबाट करेन्ट लागी अचेत रहेका २८ वर्षिय सुबेदीलाइ बघौडा अस्पताल लगिएको थियो।
उनलाई ६:५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८