• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुग्लिनको होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला

  • खबरदाता

मुग्लिनको होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला

असोज २४,२०८०

 

मुग्लिन बजार रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका एक महिलासँग बास बसेका पुरुष आज बिहान मृत फेला परेका हुन् । होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको थियो । ती महिला फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतक पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महिलाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०८०, बुधवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८