• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

  • खबरदाता

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

असोज १६, २०८०

 

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्।

सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाएका छन्। विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको थियो।

पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो। २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए। जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उनीहरूबीच प्रदेश अध्यक्षमा ुरिम्याचु भएको थियो।

त्यसबेला ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो। यसपटक भने ओली र उनको समूहको साथ खतिवडालाई थियो। ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरुको साथ पाएका मोरङ लेटाङका खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन्।

सचिव र उपसचिव पदमा पनि खतिवडा प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन्। सचिवमा पाँचथरका राजकुमार भण्डारी ५२४ मतसहित विजेता बन्दा उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन्।

उपसचिवमा खोटाङका देवान राई ६२८ र झापाकी जलवर्षा राजवशी ६१० विजेता बनेका छन्। उपाध्यक्षमा यसअघि नै धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए।

  • प्रकाशित मिति : असोज १६, २०८०, मंगलवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८