• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दाङमा बम पड्किएर पूर्व-पश्चिम राजमार्गमा पर्‍यो भ्वाङ

  • खबरदाता

दाङमा बम पड्किएर पूर्व-पश्चिम राजमार्गमा पर्‍यो भ्वाङ

भदौ ३१, २०८०

 

दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ।

अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।

  • प्रकाशित मिति : भदौ ३१, २०८०, आइतवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८