• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ललिता निवास प्रकरण : मिन बहादुर सहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

  • खबरदाता

ललिता निवास प्रकरण : मिन बहादुर सहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

भदौ २४, २०८०

 

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अरु कोसँग कति धरौटी माग ?

केशव तुलाधर,साधारण तारेखमा रिहा, शिवजी भट्ट–३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख ,घमन कुमार कार्की– ७ लाख ५० हजार,गोपाल कार्की –७ लाख ५० हजार,विनोद पौडेल– १५ लाख,योगराज पौडेल– ७ लाख ५० हजार,नारायणराज मिश्र –७ लाख ५० हजार,अरुण कुमार श्रेष्ठ –७ लाख ५०,ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार,बाबुराजा महर्जन– १ लख १० हजार,देवनारायण महर्जन – १ लाख १०,सकलानन्द महर्जन– १ लाख १० हजार,सञ्जय कुमार महर्जन– १ लाख १० हजार,लोकरि घिमिरे –७ लाख ५० हजार

  • प्रकाशित मिति : भदौ २४, २०८०, आइतवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८