• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

  • खबरदाता

सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

भदौ २३, २०८०

 

काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

आज बेलुका ५ देखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दुई पक्षबीच सम्भावित झडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । अहिले अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

“आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ,” उनले  भने ।

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएको थियो ।

  • प्रकाशित मिति : भदौ २३, २०८०, शनिवार १७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८