• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान

  • खबरदाता

सिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान

भदौ – १७, २०८०

जनकपुरधाम । सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ ।

न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते साँझ पक्राउ परेकी थिइन् ।

उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ

  • प्रकाशित मिति : भदौ १७, २०८०, आइतवार २०:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८