• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

  • खबरदाता

सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

भदौ १०, २०८०

 

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आइतबार हुँदैछ।

अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। उनको पेशी ५ नम्बरमा रहेको छ।

यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी रहेको थियो। राजुकुमार खतिवडाको इजलासले उनको मुद्दाको अन्तिम बहस भने सुरु गरेको थिएन। न्यायाधीश खतिवडाले आमाको मिति प्रमाणीकरण गर्न आदेश गरेका थिए।

न्यायाधीश खतिवडाको आदेशअनुसार उनको मिति प्रमाणीकरण भएर अदालतमा आइसकेको छ। साथै अन्य आवश्यक कागजातहरूसमेत अदालत आइपुगेकाले आइतबारका लागि अन्तिम बहस तोकिएको हो।

यसअघि पनि पटक-पटक अन्तिम सुनुवाइ सुरु हुन नसक्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन। सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा धकेलिइ रहेको छ।

यसैबीच एसिया कपका लागि सन्दीप आजको बहशपछि आजै राति या भोलि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने तयारी गरेका छन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आजको बहसपछि उनी आजै राति या भो‍लि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने बताए।

‘उनको टिकट पक्का भइसकेको छैन, सम्भवतस् आजै राति या भोलि बिहानसम्ममा उनी पाकिस्तान प्रस्थान गर्ने छन्’, घिमिरेले भने।

  • प्रकाशित मिति : भदौ १०, २०८०, आइतवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८