• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

  • खबरदाता

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

भदौ ९, २०८०

 

केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।

कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘छोराको निधनपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उहाँलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँको आज ३ः२० मा निधन भएको हो ।’

अभिनेता सारुकको असार २२ गते निधन भएको थियो । उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

  • प्रकाशित मिति : भदौ ९, २०८०, शनिवार १७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८