भदौ ९, २०८०
काठमाडौँ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का क्रिकेटको राजनीतिमा होमिएका छन् । सन २०२१ मा खेल जीवनबाट सन्यास लिएका खड्का नेपाल क्रिकेट संघ (क्यान)को राजनीतिमा आएका हुन् । उनले राजनीतिको पहिलो पाइला क्यान काठमाडौंबाट सुरु गरे । त्यहाँबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका उनले क्यानको बागमती नेतृत्व ताकेका छन् । उनले बागमती क्यानको अध्यक्षमा उम्मेदवारी दिए ।
काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको बताए । ‘चुनाव जित्न मात्रै आएको होइन । क्रिकेटको संरचना परिवर्तन गर्नु जरुरी छ, त्यसैले आएको हो,’ उनले भने ।
क्यानको बागमती निर्वाचन आगामी भदौ १५ मा हुादैछ । उनलाई बागमतीका ६ जिल्ला मध्ये ४ जिल्लाले समर्थन गरेका छन्। बागमती प्रदेशको निर्वाचनमा ६ जिल्लाबाट ४९४ प्रतिनिधि गरी २४ भोट तथा हालको कार्यसमितिको १३ भोट गरी कुल ३७ भोट हुन्छ।
पारस प्रदेश नेतृत्वपछि केन्द्रीय निर्वाचनमा लड्ने योजनामा छन् । उनी क्यानको सचिवमा उठ्ने योजनामा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८