भदौ ८,२०८०
गैँडाकोट । विहिबार साँझ ८ वजे नारायणी नदीमा हामफालेर बेपत्ता भएकी महिलाको परिचय खुलेको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नवलपरासीको सरावल गाँउपालिका वडा नं. १ सालबास बस्ने २२ बर्षीया गंगा कुमारी फौजदार (थारु) नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।
प्रहरी निरीक्षक हस्तबहादुर सुनारका अनुसार पुलमा झोला र आफुले प्रयोग गर्ने मोबाइल राखेर ति महिला नदीमा हाम फालेको देखिएको छ ।
प्रहरीले बेपत्ता महिलाको खोजीकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लगाउन सकेको छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८