• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुग्लिन पुलमा झुण्डिएका परियारको सकुशल उद्दार

  • खबरदाता

मुग्लिन पुलमा झुण्डिएका परियारको सकुशल उद्दार

भदौ २, २०८०

 

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका- ६ का ४५ बर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।

खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्दार गरेको हो ।

परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २, २०८०, शनिवार १६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८