• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निरीह प्रचण्ड , मन्त्रिपरिषद्का निर्णय पनि लागू गराउन सक्दैनन्

  • खबरदाता

निरीह प्रचण्ड , मन्त्रिपरिषद्का निर्णय पनि लागू गराउन सक्दैनन्

साउन २६, २०८०

३२ सिट ल्याएर तेस्रो दलमा खुम्चिदा पनि प्रधानमन्त्री बन्ने अवसर पाएका भाग्यमानी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर प्रधानमन्त्री खाएका प्रचण्ड भने आफैमा निरीह प्रधानमन्त्री हुन् । नेपालमा प्रधानमन्त्रीय शासन हो, राष्ट्रपति त आलंकारिक हुन् ।

मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्रीले गर्छन्, अन्य मन्त्रीहरु सदस्य हुन्छन् । मुख्यसचिव सदस्यसचिवको भूमिकामा हुन्छन् ।

तर, मन्त्रिपरिषद्बाट आफैले गराएको निर्णय कार्यान्वयन गराउन सक्दैनन् प्रचण्ड । बरु सार्वजनिक कार्यक्रममा निरिहता प्रस्तुत गर्छन् ।

संसदमा पेस गर्न मन्त्रिरिषद्‍बाट स्वीकृत भएको शिक्षासम्बन्धी शिक्षा विधेयकका कैयौं विषय उल्टिएका छन् । तर, कसले उल्ट्यायो उनैलाई थाहा छैन । विद्यार्थी संगठनदेखि निजी विद्यालयका सञ्चालक आन्दोलनमा उत्रिरहेका बेला प्रचण्डले बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रममा नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको सुनाए । उनले भने, ‘अहिले एउटा नमिठो अनुभव भयो, शिक्षा विधेयक सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो ।’

त्यही कारण शिक्षा विधेयक संसदमा दर्ता गर्न नसकेको उनले बताए । मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए ।

त्यतिमात्र होइन मन्त्रिपरिषद्को गत वैशाखमा कित्ताकाट खोल्ने निर्णय गरेपनि लागु भएको छैन । नियमावली संशोधन नभएका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो।

तर, अझै भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नभएको स्थानीय तहहरुमा जग्गाको कित्ताकाट हुन सकेको छैन ।

  • प्रकाशित मिति : साउन २६, २०८०, शुक्रवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८