साउन -१८, २०८०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् ।
हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए ।
माओवादी कमीकमजोरी स्वीकार डराउँदैन । हामी विभाजनको पीडाबाट गुर्जिनुपर्यो । अहिले पार्टी पार्टीजस्तो भएको छैन,उनले भने । उनले थपे, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’
अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादीहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए । उनले भने, अहिले एकताको पहल भइरहेको छ। त्यसका लागि समाजवादी मोर्चा पनि बनाएका छौँ ।अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए ।
दाहालले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् । उनले मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८