साउन- १७,२०८०
तनहुँको व्यास नगरपालिका(५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।
मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८