• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा पुर्व जनप्रतिनिधीहरुको मञ्च गठन


भरतपुरमा पुर्व जनप्रतिनिधीहरुको मञ्च गठन

भण्डारीको संयोजकत्वमा बन्यो ११ सदस्सीय तदर्थ समिति

श्रावण,१५, २०८०

चितवन । भरतपुर महानगरपालिका भित्र अन्यन्त्र छरिएर रहेका पूर्व जनप्रतिनिधिको मञ्च गठन गरिएको छ । सोमबार भरतपुरमा बसेको भेलाले महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ ।

समितिको सह–संयोजकमा चन्द्रमित्र पण्डित ,सचिवमा पदमपाणी सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यहरुमा नरिनारायण पौडेल, नरेन्द्र कुमार कन्दङवा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएको छ ।

आज भएको भेलाले छिट्टै नै प्रकृया पुराएर मञ्चलाई कानून सम्बत बनाएर लैजाने साथै समग्र महानगरपालिका भित्र विकास निमार्णमा सहयोग गर्ने र देश भरिका स्थानिय तहमा समेत लागुहुने गरि कार्य थालिने उक्त भेलाले निणर्य गरेको छ ।

  • प्रकाशित मिति : साउन १५, २०८०, सोमवार १९:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८