• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज साउनको १५ , खिर दिवस

  • खबरदाता

आज साउनको १५ , खिर दिवस

साउन –  १५, २०८०

 

विगत वर्षहरू जस्तै यस वर्ष पनि साउन १५ गते खिर दिवस मनाइँदै छ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै आएको छ ।

खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । हाल खिर विश्वका प्रायजसो मुलुकले विभिन्न नामबाट ९भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकामा क्रिवाथ० प्रयोग गर्ने गरेको पाइन्छ ।

नेपालमा पनि खिरलाई राम्रो सम्मानित आहारका रूपमा लिने गरिएको छ । विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । पछिल्लो समयमा खिरलाई विश्वमै सम्मानित आहारका रूपमा लिन थालिएको छ ।

खिर नेपालीलाई मनपर्ने परिकार भएकाले सरकारले यसलाई दिवसका रूपमा मनाउन थालेको दुग्ध विकास संस्थाले जनाएको छ । खिर दिवस प्रवद्र्धनमा सरकारभन्दा पनि निजी क्षेत्रका डेरी लागिपरेका छन् ।

  • प्रकाशित मिति : साउन १५, २०८०, सोमवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८