• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

  • खबरदाता

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

साउन ५,२०८०

 

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो ।

विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको प्रहरी टोलीले ब्रो ०१ पीजी २११५ नम्बरको भारतीय गाडीलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त भारतीय रुपैयाँ फेला परेको हो ।

पक्राउ परेका सिंहको साथबाट दुई थान मोबाइल सेट पनि बरामद गरेको छ ।

प्रहरीले सिंहसँगै सवारी चालक रतिस पासवानलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बराहा बाहिनीका डीआईजी अञ्जनी पोखरेलले थप अनुसन्धानका सवारीसहित दुई जनालाई राजस्व अनुसन्धान इकाई कार्यालय इटहरी बुझाइने जानकारी दिए ।

  • प्रकाशित मिति : साउन ५, २०८०, शुक्रवार १६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८