• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

समाजवादी मोर्चा : ६-६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम

  • खबरदाता

समाजवादी मोर्चा : ६-६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम

असार २३,२०८०

 

समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए ।

 

कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेकपा खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन्।

अध्यक्षको औपचारिक निर्णय नहुँदासम्म मोर्चाको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्ने भएका छन्।

  • प्रकाशित मिति : असार २३, २०८०, शनिवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८