• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, एक वर्ष कैद सजाय

  • खबरदाता

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, एक वर्ष कैद सजाय

असार १५,२०८०

 

विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले निर्देशक खड्कालाई शुक्रबार सजाय सुनाएको हो।

अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएको छ । खड्का २०७१ सालको माघमा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

उनीविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

 

  • प्रकाशित मिति : असार १५, २०८०, शुक्रवार १६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८