• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

  • खबरदाता

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

असार १२,२०८०

 

 

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन ।

यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको भनाइ छ । संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ ।

गुरुङलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो । मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका उनी २०७७ सालमा विशेष अदालतले २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।

 

  • प्रकाशित मिति : असार १२, २०८०, मंगलवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८