• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कैलालीमा एक जनाको शव फेला

  • खबरदाता

कैलालीमा एक जनाको शव फेला

असार ९, २०८०

 

 

धनगढी । कैलालीमा एक जना जङ्गलमा मृत फेला परेका छन् । शुक्रवार जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् ।

शुक्रवार बिहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पूर्णिमा सामुदायिक वनमा गएका थिए ।

भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पूर्णिमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : असार ९, २०८०, शनिवार १६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८