• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भाइरलमन्त्री किराँतीले डाँटे संसदलाई, सभामुखले दिए कडा निर्देशन

  • खबरदाता

भाइरलमन्त्री किराँतीले डाँटे संसदलाई, सभामुखले दिए कडा निर्देशन

असार ६,२०८०

 

गलत निर्णय गर्ने तर जनतामाझ कसम खाएर भाइरल बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिनिधिसभालाई डाँटेका छन् । मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम नलेखी अंकमा उल्लेख गरेको पाइएपछि सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा पर्यटन मन्त्रालयको विनियोजनमाथि छलफल हटाइएका थिए । पर्यटन मन्त्रालयको विनियोजनको पुस्तकमा प्रदेश १ को नाम कोशी नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएपछि यस्तो निर्णय भएको थियो ।

मन्त्री किराँतीले सच्याएर ल्याउने प्रतिबद्धता गरेका थिए । मन्त्री किरातीको स्पष्टीकरण थियो, ‘विनियोजन विधेयकमाथिको छलफलको सिलसिलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट विनियोजनको सन्दर्भमा हाम्रो विभागको ११ देखि १८ पेजसम्ममा प्रदेशको नाम उल्लेख नभई अंकमा लेखिन गएछ । त्यसलाई हामी सुधारेर सदनसमक्ष र माननीयज्यूको हातमा फेरि ल्याउनेछौं ।’

तर, किराँतीले फेरि संसदलाई ढाँटे । मन्त्री किराँतीले सोमबार त मन्त्रालयको विनियोजन पुस्तकबाट प्रदेशहरूका नाम नै हटाएर पुनः सांसदहरूलाई वितरण गरे । एमाले सांसद सूर्य थापाले पर्यटन मन्त्रालयको विनियोजन पुस्तकबाट सबै प्रदेशका नाम हटाइएको भन्दै आपत्ति जनाए । ‘पुनर्वितरण गरिएको पुस्तकमा प्रदशेको नाम हटाइएको छ । पहिले प्रदेश नम्बर १, २, ३ लेखिएको थियो । अहिले प्रदेशको नाम नै हटाइएको छ । प्रदेशको नाम किन हटाउनुभयो रु यो पुस्तक फेरि फिर्ता पठाइयोस्,ु थापाले भने ।

कोसी प्रदेशले संविधान बमोजिम दुई तिहाइको बहुमतले प्रदेशको नामाकरण गरेको थियो । तर, मन्त्री किराँतीले आन्दोलनकारीको सदभाव बटुल्न संसदलाई ढाँटिरहेका हुन् । मन्त्री किराँती भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि पर्यटन मन्त्रालयको विनियोजन पुस्तकमा मन्त्रीको तर्फबाट भएको त्रुटि गम्भीर रहेको र संसद्को ध्यानाकर्षण हुने बताए ।

त्यति मात्र होइन सहरी विकास मन्त्रालयको विनियोजनमा पनि प्रदेशको नाम उल्लेख गर्ने क्रममा त्रुटि भेटिएको छ । सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको सट्टा प्रदेश नम्बर ५ लेखेर विनियोजन पुस्तक सांसदका हातमा पुर्‍याएको थियो । सहरी विकास मन्त्रालयको विनियोजनमाथि मंगलबार प्रतिनिधिसभामा छलफलको कार्यसूची रहेको थियो । सहरी विकास मन्त्रालयको विनियोजन पुस्तकको पेज नम्बर २७ २८ र २९ नम्बरमा प्रदेश नम्बर ५ लेखिएको थियो । उक्त पुस्तक पनि फिर्ता पठाउन सांसद थापाले माग गरेका थिए ।सहरी विकास मन्त्री सीता गुरुङले त्रुटि भएको र सच्याउने प्रतिबद्धता संसद्मा जनाउँदै छलफल चलाउन आग्रह गरेकी थिइन् ।

  • प्रकाशित मिति : असार ६, २०८०, बुधवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८