• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मधेस प्रदेशमा एमालेको ढोक्सा !

  • खबरदाता

मधेस प्रदेशमा एमालेको ढोक्सा !

जेष्ठ ३१,२०८०

 

प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर ढोक्सा थापेको छ । दोस्रोपटक विश्वासको मतका लागि सदनको सामना गरेका यादवलाई मंगलबार प्रतिपक्षी एमालेले पनि विश्वासको मत दिएपछि विपक्षमा कोही रहेन ।उनलाई सिंगो सदनका १०३ सांसद (उपस्थित) ले मत दिए । यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही अनुसार उनले माघ ४ गते विश्वासको मत लिएका थिए। त्यतिबेला मतदानमा सहभागी १०२ मध्ये सबैले उनलाई विश्वासको मत दिएका थिए।

तर, राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएपछि २१ चैतमा एमाले मधेस सरकारबाट बाहिरिएको थियो । एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिएका हुन् । तर, एमालेले विश्वासको मत दिएर चकित पारिदिएको छ ।किन दियो मतप्रदेशसभामा १०७ जना सांसद रहेकोमा बहुमतको लागि ५४ जना सांसदको आवश्यकता पर्छ । अहिले मधेसमा गठबन्धनको सरकार रहे पनि असन्तुष्ट रहेको माओवादीले सरकार छाड्ने चेतावनी दिइरहेको छ । जसपा नेतृत्वको सरकारले जनमतका मन्त्रीलाई विना विभागीय बनाइदिएपछि असन्तुष्ट छ । मुख्यमन्त्री यादवले हालै मात्र कांग्रेस, लोसपा र एकीकृत समाजवादी समेटेर सरकार विस्तार गरेका थिए ।

यही लफडा देखेर एमालेले जसपा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । ‘केन्द्रमा कांग्रेस प्रतिपक्षमा छँदा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । पछि समीकरण पनि त्यही अनुसार बनेको थियो,’ एमालेका एक नेता भन्छन्, ‘अहिले मधेसमा गठबन्धनभित्र मेल छैन, हामीले ढोक्सा थापेको भन्न मिल्छ । यदी परिस्थिति बनेने भन समर्थन फिर्ता लिन सकिन्छ ।’ मधेसमा

सरकार गठनका लागि मधेसमा ५४ सिट आवश्यक हुन्छ। यहाँ एमाले २३ सिटका साथ पहिलो हो । मधेस प्रदेशमा ६ स्वतन्त्र सांसद रहेका छन् । समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व रहेको छ । जसमा जसपाको १६, जनमतको १३, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको १-१ स्थानमा रहेको छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०८०, बुधवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८