• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

  • रासस

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

जेठ २५,२०८०

 

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा १ झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्।

दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले जानकारी दिए।

  • प्रकाशित मिति : जेठ २५, २०८०, बिहीवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८