जेठ २५, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहनेका लागि ७० वर्षे उम्मेर हद हटाएको छ ।अब एमालेको कार्यकारी नेतृत्वमा पुग्न उमेरले छेक्ने छैन । उमेरहद हट्ने भएसँगै ७२ वर्षे केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ । दोस्रो पुस्ताका नेताहरुलाई भने कार्यकारी पदमा छिट्टै पुग्न अवरोध हुने पक्का छ ।
केपी शर्मा ओलीलाई तेस्रो कार्यकालमा पनि अध्यक्ष बनाउनका लागि यो निर्णय भएको वा, ७० वर्ष कटेको अर्को कुनै नेतालाई अध्यक्ष बनाउन यसो गरिएको हुन सक्ने आकलन गरिएको छ।चितवनमा सम्पन्न १० औं महाधिवेशनमा पनि अध्यक्ष ओली ७० वर्ष पुग्न तीन महिना मात्रै बाँकी रहँदा त्यतिबेला ओलीकै सजिलोका लागि विधान संशोधन गरेर ‘७० वर्ष पूरा नहुँदै निर्वाचित भएको व्यक्ति’ लाई उमेर हद नलाग्ने प्रावधान विधानमा थपियो ।
विधानमा ७० वर्षे उमेर हद नहटाउने हो भने आगामी महाधिवेशनमा अहिलेका १८ पदाधिकारीमध्ये केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा उम्मेदवार नै बन्न पाउँदैनन् । विधानतः एमालेको एघारौं महाधिवेशन २०८३ सालमा हुनेछ ।
एमालेले किन,र कसका लागि हटायो त ७० वर्षे उमेर हदरु कतिपयले वामदेव गौतम र झलनाथ खनाललाई पार्टीमा भित्र्याउन यसो गरिएको हुन सक्ने अनुमान गरेका छन् । गौतम अहिले ७८ वर्ष कटिसकेका छन् भने एकीकृत समाजवादीमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल ७३ वर्ष पुगेका छन् । गौतमले पनि उमेरहद हटाए एमालेमा फर्कने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । उमेरहद हट्दा ७० वर्ष उमेर कटेका नेतालाई फाइदा हुने भएको छ ।
त्यसो त एमाले विधानमा पदाधिकारी तहको एउटै पदमा दुई कार्यकाल भन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था छ । ओली दुई कार्यकाल अध्यक्ष भइसकेकाले अब फेरि अध्यक्ष बन्न विधानले दिँदैन । अध्यक्ष ओली अहिले नै ७२ वर्ष पुगिसकेका छन् । उमेरहद हटाउने निर्णय अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने हतियार हो भन्ने कुरामा दुईमत छैन । तर ओलीको निरन्तरताका नाममा संशोधन हुने उमेरहद सम्बन्धी व्यवस्थाले नयाँ पुस्ताका नेताहरुलाई नेतृत्वमा पुग्न बञ्चितसमेत गर्ने छ । त्यसैले उमेरहद संसोधनको माग गरिरहेकाहरु फुरुङ पर्दा नेतृत्वमा पुग्ने दाउ हेरिरहेका कम उमेरमा नेताहरु भने रुष्ट बनेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८