• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुरका राउतको मृत्यु

  • खबरदाता

बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुरका राउतको मृत्यु

जेठ २२,२०८०

 

 

बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर – १५ का बिरेन्द्र राउतको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे ३ बजेको समयमा भरतपुर १५ को जानकी चोकमा ना३च ११९ नम्बरको बलेरोले बा८५प ३६२७ नम्बरको मो।सा।लाई ठक्कर दिंदा मोटरसाइकल बर्ष ५० का राउतको मृत्यु भएको हो।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा करिब ४ बजे मृत्यु भएको जनाइएको छ।

मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने बर्ष ४१ को राज कुमार नेपाली सामान्य अबस्थामा उपचार भइरहेको छ।
बलेरो चालक भरतपुर -२९ बस्ने बर्ष २५ को बिमल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • प्रकाशित मिति : जेठ २२, २०८०, सोमवार १७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८