• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता

  • खबरदाता

सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता

जेठ १९, २०८०

 

मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा गाडी सुनकोशी नदिमा खस्दा ३ जना बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सीटिइभीटिको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

गाडीमा रहेका ३ जना बेपत्ता भएका छन् भने गाडिका चालक पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ। गाडी नम्बर खुल्न बाकी रहेको र थप विवरण आउन बाकी रहेको एसपी सिलवालले जानकारी दिए।

  • प्रकाशित मिति : जेठ १९, २०८०, शुक्रवार १२:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८