• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

  • खबरदाता

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

जेठ  ८,२०८०

 

करिब दुई महिनाभन्दा लामो अनुसन्धान प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयले यस प्रकरणमा पक्राउ परेका र संलग्न रहेका माथि गरिएको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आज बुझाएको हो।

प्रतिवेदनमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष उल्लेख रहेको बुझिएको छ।

यसअघि हिजो (आइतबार) नै प्रतिवेदन बुझाउने बताइए पनि जिल्ला प्रहरी परिसरले तयारी नपुगेको भन्दै नबुझाउने निर्णय गरेको थियो।

यस प्रकरणमा हालसम्म कम्तीमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ। जसले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रकमको चलखेल गरेका थिए।

जसमध्ये पक्राउ परेका १६ जना हिरासतमा छन् भने थप १६ जनालाई फरार प्रतिवादीका रुपमा राखिएको छ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन्।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकसहित अन्य अझै फरार रहेका छन्।

  • प्रकाशित मिति : जेठ ८, २०८०, सोमवार १६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८