• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

  • खबरदाता

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बैशाख २९, २०८०

 

 

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्। राईलाई आज बिहान ११ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जानकारी दिए।

‘सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,’ प्रहरी निरीक्षक कार्कीले भने।

राई खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(२, सोल्मास्थित शुभद्रा मदन फाउण्डेशनका संस्थापकसमेत हुन्।

उनले फाउण्डेशनमा रहेर अध्ययन गर्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप छ। व्यावहारिक र जीवनोपयोगी शिक्षा दिने संस्थाको रूपमा परिचित फाउण्डेशनका संस्थापक राईमाथि विगतदेखि नै यौन दुर्व्यवहारको आरोप लाग्दै आएको थियो।

राईले यौनका विषयमा अश्लील शब्द प्रयोग गर्दै बोल्ने र सामाजिक सञ्जालमा समेत लेख्ने गर्दै आएका छन्।

  • प्रकाशित मिति : वैशाख २९, २०८०, शुक्रवार १४:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८