• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा रास्वपा

  • खबरदाता

शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा रास्वपा

वैशाख १८,२०८०

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ ।

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । ‘पार्टी कि त प्रतिपक्षमा बस्छ कि त सरकारमा जान्छ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ’, ढकालले भने ।

रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो ।

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ ।

  • प्रकाशित मिति : वैशाख १८, २०८०, सोमवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८