वैशाख १२,२०८० / टिकादत्त तिमिल्सिना
चितवन क्षेत्र नं २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेको मत अन्तर बढी भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन् ।
आज बिहान फेसबुकमा लेख्दै श्रेष्ठले निर्वाचनमा पराजित भएपनि मतदाताको सुखदुःखमा विगतमा भन्दा अझ सशक्त भएर लाग्ने बताएका छन् ।
श्रेष्ठले लेखेका छन
यहि बैशाख १० गते सम्पन्न चितवन क्षेत्र न.२ को उपनिर्वाचनमा लोकतान्त्रिक(वाम गठबन्धन बाट म उम्मेदवार बनिरहदा साथ दिनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।निर्वाचनको प्रचार-प्रसार तथा घरदैलोको क्रममा यहाहरुको दिनुभएको माया-ममता,सद्भाव र आशीर्वादको सदैव ॠणी रहनेछु।
निर्वाचनमा पराजित भएता पनि यहि माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र सङ्कल्पका कारण यहाहरुको सुखदुखमा विगतमा भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु,जयनेपाल …
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८