• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इतिहासमै कमजोर न्यायिक नेतृत्वको रुपमा हरिकृष्ण कार्कीलाई धकेलिँदै

  • खबरदाता

इतिहासमै कमजोर न्यायिक नेतृत्वको रुपमा हरिकृष्ण कार्कीलाई धकेलिँदै

बैशाख ९, २०८०

 

 

एक महिना अघि प्रधान न्यायाधीशको मर्यादाक्रम घटाउने प्रयास गरेको राजनीतिक नेतृत्वले कायम मुकायमबाटै वर्तमान न्यायपालिकाको नेतृत्वलाई अवकाश दिलाउने बाटोमा पु¥याएको छ ।आठ बर्षअघि आफैंले महान्यायाधीवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीश बनाएको व्यक्तिलाई हाल प्रधान न्यायाधीश बन्न नेकपा एमालेका अध्यक्ष तथा विपक्षी दलको नेता केपी शर्मा ओलीले अनिच्छा देखाएपछि कार्की कमजोर कामय मुकायम प्रधान न्यायाधीशको रुपमा धकेलिदैछन् ।

आफू कन्फर्म नभई कुनैपनि महत्वपूर्ण काम नगर्नै अडान लिएका कारण कार्कीले न्यायाधीश नियुक्तिहरु रोकिरहे जसका कारण उनको पालामा एउटा पनि न्यायाधीश नियुक्ति हुन सकेको छैन । उनको पालामा नियुक्ति नभएको मात्रै होइन, उनी भन्दा अघिल्लो कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको पालामा भएका सिफारिसहरुको समेत संसदीय सुनुवाई नभएका कारण न्यायाधीशहरुले काम गर्न पाएका छैनन् ।

उनले उच्च र जिल्ला अदालतहरुमा समेत नियुक्त गर्न सकेका छैनन भने आफ्नै नेतृत्वमा तयार पारिएको न्यायपालिका सुद्धिकरण समितको प्रतिवेदनको समेत हुवहु कार्यान्वयन गर्न सकिरहेका छैनन् । न्यायपालिकामा गोला प्रथा लागू भएको डेढ बर्ष भइसक्दा पनि अटोमेटेड पद्धतिमा मुद्दाको बा“डफा“ड रोकिइएको छ ।नेपाल बार एशोसिएशनको अध्यक्ष, महान्यायाधीवक्ता हु“दै सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीश पदमा पु¥याइएका व्यक्तिलाई कसरी कमजोर सिद्ध गरिदैंछ भन्ने कुराको उदाहरणको रुपमा कार्कीलाई धकेलिंदैछ ।उमेर हदका कारण साउन २० मा अनिवार्य अवकाश पाउनै लागेका कार्कीले असार २० मा विदा बस्नुपर्ने भएकाले अबका केही साताभित्रमा पनि उनको नियुक्ति भएन भने उनी अवकाशको दिन गन्ति गर्ने अवस्थामा पुग्नेछन् । अवकाशको एक महिनाअघि फैसला लेखनका लागि इजलास त्याग गर्ने परम्परा न्यायाधीशहरुका लागि तय गरिएको छ ।

मर्यादा क्रममा पनि पछि पार्ने र नियुक्तिमा समेत आफ्नो मनलाग्दी गर्ने भएपनि प्रधान न्यायाधीशलाई राज्यले कमजोर बनाउन थालेको पुष्टी भइसकेको छ । यसअघि दीपक कुमार कार्की समेत कायम मुकायमबाटै अवकाश पाइसकेका छन् । उनका पूर्ववर्ति चोलेन्द्र शमशेर जबराको अवकासको हालतका बारेमा त चर्चा गर्नै पर्ने अवस्था छैन । उनलाई राजनीतिक दल र न्यायपालिकका शक्तिखोरहरुको गठजोडबाट हटाइको पनि डेढ बर्ष भइसकेको छ ।राजनीतिक दलका नेताहरुको चाहनामा काम नगर्दा प्रधान न्यायाधीशलाई कसरी समाप्त गर्न खोजिंदो रहेछ भन्ने कुराको एउटा उदाहरण बनेका छन् वर्तमान कायम मुकायम प्रधान न्यायाधीश कार्की ।

संविधानको धारा २८४ ले प्रधान न्यायाधीश स्पष्ट मर्यादाक्रम तोकिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधान न्यायाधीश दोश्रो वरियताको सदस्य रहने व्यवस्था छ भने त्यसपछि प्रतिनिधि सभाको सभामुख र अन्य सदस्यहरु तोकिने व्यवस्था हु“दाहु“दै पनि जबर्जस्ती सभामुखभन्दा तल राखेर प्रधान न्यायाधीशको अपमान गरिएको छ । सारा न्यायिक जगतले आवाज उठाउंदा पनि त्यसलाई फिर्ता नगरेको राजनीतिक नेतृत्वले मकसद यतिखेर सार्वजनिक भइसकेको छ ।

प्रतिनिधि सभाको सभामुखपछि राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता त्यसपछि प्रतिनिधि सभाको उपसभामुख रहनेगरी संवैधानिक परिषद्को मर्यादाक्रम तोकिएकोले आजसम्म सोही मर्यादाक्रम राष्ट्रिय जीवनमा चलिआएको छ ।यद्यपी हालै सबै दलका सदस्यहरु रहेको एउटा कार्यदलले राष्ट्रिय सभामा प्रधान न्यायाधीशको मर्यादाक्रम घटाउनेगरी एउटा प्राइभेट विधेयक प्रश्तुत गरेको एक महिना वितिसकेको छ । उक्त मर्यादाक्रममा प्रतिनिधि सभाको समामुख अनि राष्ट्रिय सभाको अध्यक्षपछि मात्रै प्रधान न्यायाधीशलाई राखिएको छ ।राष्ट्रि समारोहहरुमा उपस्थित हु“दा मर्यादाक्रमको ख्याल गरिने चलन छ जसलाई अंंग्रेजी प्रचलनमा पेकिङ अर्डरको नामले पनि चिनिन्छ अर्थात् समारोहमा बरिष्ठ को हो भन्ने अर्थमा यो मर्यादाक्रम कायम गरिने प्रचलन हुन्छ ।हाम्रो देशमा गणतन्त्र आएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीश गरेर मर्यादाक्रम मानिदै आएको थियो । २०४६ सालअघि प्रधानमन्त्री नै सत्रौ नम्बरको मर्यादाक्रममा रहेका थिए र त्यसको लगत्तैपछि अठारौं नम्बरमा प्रधान न्यायाधीश रहने प्रचलन थियो ।

गणतन्त्रपछि पनि राजाकालीन कुलीनतन्त्रीय प्रणालीमा झै मर्यादाक्रम कायम गरिनु आफैंमा उचित नभएतापनि राष्ट्रिय समारोहहरुमा उपस्थितिको लागि सम्म मर्यादाक्रम आवश्यक हुनसक्छ अन्यथा गणतन्त्रमा काम नै मर्यादा हो भन्ने ढंगले लिने हो भने पनि मर्यादाक्रमको खासै अर्थ छैन ।यद्यपी राष्ट्रपतिलाई प्रधान न्यायाधीशले र प्रधान न्यायाधीशलाई राष्ट्रपतिले सपथ खुवाउने संसारभरीको प्रचलन भएकाले प्रधान न्यायाधीशलाई राष्ट्रपतिको भन्दा पनि बढ्ता इज्जत दिने चलन छ । कतिपय मुलुकमा त राष्ट्रपति भइसकेको व्यक्ति प्रधान न्यायाधीशको पदमा पुगेको अभ्यास पनि रहेकोले प्रधानमन्त्रीको मर्यादालाई कम आ“क्न मिल्दैन ।

सर्वोच्च अदालतमा प्रधान न्यायाधीको आलवा २० जना न्यायाधीश रहने भनिएतापनि समयमा नियुक्ति नहु“दा न्यायपालिका प्रभावकारी बन्न सकिरहेको छैन । राष्ट्रिय संस्थाहरुको मर्यादा कमजोर भइरहेको अवस्थामा प्रधान न्यायाधीशको गरिमा र मर्यादालाई राजनीतिक नेतृत्वले नै लखेरिहंदा प्रधान न्यायाधीशको गरिमा समेत कमजोर बनाइएको छ ।

  • प्रकाशित मिति : वैशाख ९, २०८०, शनिवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८