• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

  • खबरदाता

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

बैशाख ७, २०८०

 

 

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-६ फुटबल मैदान नजिक ट्रकको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १२ वर्षीय विक्रम कुमार महतोको सो दुर्घटनामा परी मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट किलिङ्कर लोड गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर मोटरसाइकल सवार श्रवण र विक्रमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ट्रक र सुनसरीका सुनसरी नगरपालिका-१० इटहरीका ट्रक चालक जितेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : वैशाख ७, २०८०, बिहीवार १६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८