• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सातामा प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

  • खबरदाता

सातामा प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख २, २०८०

 

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन ।

यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ । यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।

  • प्रकाशित मिति : वैशाख २, २०८०, शनिवार १३:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८