फागुन २२ ,२०७९
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चल्ने बाटो खुलेपछि माओवादी नेताहरू झस्किएका छन् ।
सशस्त्र द्वन्द्वमा भएका भएका व्यक्ति, हत्यासम्बन्धी मुद्दामा फक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि माओवादी नेता मात्र होइन पूर्व माओवादी नेताहरु पनि एक भएका छन् ।
तत्कालीन विद्रोही माओवादीबाट मारिएका रामेछापका टीकाराज आरणका छोरा ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एउटा र माओवादीद्वारा विस्थापित तथा घाइते बनाइएका रामेछापकै कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले आफ्नै प्रशासनलाई आदेश दिएको हो ।
उनीहरूले गत कात्तिक १४ मा सर्वोच्चमा निवेदन दिएका थिए । कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसविरुद्ध निवेदकहरूले सिधै सर्वोचको इजलासमा निवेदन दिएका थिए । त्यही निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय खतिवडा र फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।
खासगरी प्रचण्डले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । उनले भनेका थिए, ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू, यो सत्य होइन । हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु।’
आइतबार काठमाडौंमा भएको जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा प्रचण्ड’ बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरु एकै मञ्चमा थिए । र, यी नेताहरु सर्वोच्च अदालतविरुद्ध खनिएका थिए ।
अहिले सर्वोच्चले रिट दर्ता गर्न भनेपछि माओवादी केन्द्रले विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । माओवादी महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति जारी गरी जननयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहद् शान्ति सम्झौताले निर्देशित गरेबमोजिम सत्यनिरुपण तथा वेपत्ता छानबिन आयोग गठित भएको अवस्थामा अधिकारक्षेत्रभित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारबाही अगाडि बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने दाबी गरेका छन् ।
संक्रमणकालीन न्यायको मूल्य मान्यताविपरीत हुने कार्य र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने उनले चेतावनी दिएका छन् ।स्वंय प्रचण्डले पनि माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको बताएका छन् । ‘माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन् माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ,’ उनले आइतबार भने ।
माओवादीसँग सम्बन्ध विच्छेद गरेर छुट्टै पार्टी खोलेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाऊ भनेर निहुँ खोजेको होरु’ भन्दै सर्वोच्चको आलोचना गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले माओवादी नेतृत्वको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको पनि बताएका छन् ।
‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या होइन रु’ उनले भने ।प्रचण्डसँग विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी खोलेका नेत्रविक्रम चन्द विप्लव पनि यो मुद्दामा प्रचण्डसँग उभिएका छन् । उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए ।
आज यो सारा माओवादीले बिर्गायो, भत्कायो, अपराधीहरू, लुटेराहरू, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ ।को हो हत्यारा नेपालमा रु दुई सय वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन ।
माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोर्होयाउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने ०६० सालको माओवादी ब्युँताउन सकिन्छ,’ उनले चेतावनी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८