• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डको काँधमा १६ मन्त्रालय , कहिले हुन्छ सरकार बिस्तार ?

  • खबरदाता

प्रचण्डको काँधमा १६ मन्त्रालय , कहिले हुन्छ सरकार बिस्तार ?

फागुन १७, २०७९

 

 

तत्कालीन सहयात्री एमालेलाई राष्ट्रपति निर्वाचनमा धोका दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुई वटा दलले सम्बन्ध विच्छेद गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने यसअघि नै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा रहेका मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्ड २१ मध्ये १६ वटा मन्त्रालय सम्हालिरहेका छन् । अहिले जनमत पार्टी मात्र माओवादी सरकारमा छ, बाँकी सबै माओवादी मन्त्री मात्र छन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा धोका दिएपछि एमाले सरकारबाट बाहिरिएको छ, अब कांग्रेस, एकीकृत समाजवादी र जसपा सरकारमा सहभागी हुनेछन् । तर, सरकार विस्तार राष्ट्रपति निर्वाचन अघि हुने छैन । किनकी बुधबारदेखि राष्ट्रपतीय निर्वाचनको आचारसंहिता लागू हुँदैछ । आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाकाकर्मचारीलाई लाग्नेछ ।

यो अवधिमा सरकार विस्तार, नयाँ नियुक्ति, सरुवा, बढुवा गर्न पाइँदैन ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएकी छन्नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सरकारमा जाने घोषणा नगरेसम्म संसद्‍‌मा प्रमुख प्रतिपक्षी बेन्चमा बस्ने बताएका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग राष्ट्रपति निर्वाचनका लागि गठबन्धन बनाएको र त्यसले कांग्रेस सरकारमा सहभागी भएको अर्थ लगाउन नमिल्ने उनको भनाइ छ । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ ।

प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपति निर्वाचनपछि मात्र लिनेप्रचण्ड एमालेसहित ६ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका थिए । २६ पुसमा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । तर, राष्ट्रपतीय निर्वाचनमा माओवादीले कांंग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने भएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन फिर्ता लिएका छन् ।

स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।सरकारलाई समर्थन गरेका दुई दलले समर्थन फिर्ता लिएपछि प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । तर, प्रचण्ड राष्ट्रपतीय निर्वाचनपछि मात्र विश्वासको मत लिनेछन् । गणितीय रुपमा बुहमत संख्या पुग्ने भए पनि प्रधानमन्त्री प्रचण्डले त्यसको पुष्टि संसदबाटै गर्नुपर्ने छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७९, बुधवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८