फागुन २,२०७९
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दिल प्रसाद गुरुङ र सुरेन्द्र कुमार जोशी रहेका छन। प्रहरीका अनुसार भरतपुर १९ का गुरुङ मिति २०७५ बैशाख २० गतेको फैसला अनुसार १ बर्ष ११ महिना २ दिन कैद भुक्तान गर्न बाकी रहेका प्रतिबादि हुन ।निजलाई फागुन १ गते पक्राउ गरि चितवन जिल्ला अदालत पेश गरिएको हो।
यस्तै धादिङ जिल्ला अदालतको मिति २०६१ माघ १३ गतेको फैसलाले सवारी ज्यान कसूरमा १ महिना १० दिन कैद र दुई हजार जरिवान भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर २९ का जोशीलाई समेत नियन्त्रणमा लिई उक्त कैद तथा जरिवाना भुक्तानको लागि फागुन २ गते चितवन जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरी जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८