माघ २७, २०७९
सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । केन्द्रको समीकरण अनुसार २७ पुसमा एमाले नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए ।
तर, सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो । योसँगै अस्थिरताको राजनीतिक सुदूरपश्चिमबाट सुरु भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीको रिहाइलाई एजेण्डा बनाएको नागरिक उन्मुक्तिले विश्वासको मत दिएन । र, सरकार ढल्यो ।कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । तर, उनी पनि बहुमत प्राप्त होइनन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा उनी मुख्यमन्त्री भएका हु्न् ।उनलाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत थियो । ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमा सहभागी भएन । प्रदेशसभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सांसद छन् ।
ठूलो दल कांग्रेसले सरकार त बनाएको छ । तर, विश्वासको मतका लागि अन्य दलसँग सहकार्य गर्नुपर्नेछ । यो अवस्थामा एकीकृत समाजवादीले मात्र साथ दिएर हुँदैन । त्यसका लागि नागरिक उन्मुक्तिले पनि साथ दिनुपर्ने छ । तर, केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको नागरिक उन्मुक्तिले कांग्रेसलाई समर्थन गरेमा अर्को लफडा आइलाग्नेछ । यदि माओवादीले कांग्रेसलाई साथ दिएमा केन्द्रको गठबन्धन धरापमा पर्नेछ ।यदी शाहले पनि ३० दिनभित्र विश्वासको मत नपाएमा ढल्नेछ ।
फेरि अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यसपछि सोही धाराको उपधारा ५ बमोजिम आफूसँग सभाका बहुमत सदस्यको विश्वास रहेको आधार देखाउने कुनै पनि सभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यो उपधाराअनुसार मुख्यमन्त्री बन्नेले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यो सरकारले विश्वासको मत नपाएमा प्रदेशसभा विघटन भई नयाँ चुनावमा जानुपर्ने हुन्छ ।
देशका ७ प्रदेशमध्ये ४ प्रदेशमा एमाले नेतृत्वमा सरकार बन्दा अन्य प्रदेश र संघमा सत्ता सहयात्री बनेको थियो । तर,
तर, सुदूरपश्चिम सरकार ढलेसँगै एमालेलाई झडका लागेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८