• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु

  • खबरदाता

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु

माघ २४, २०७९

 

काठमाडौं महानगरपालिका १३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर भक्तपुर नगरपालिका -५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्यु भएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट -चन्द्रपुर नगरपालिका -४ धन्सार पुल नजिकै सडकमा मधेश प्रदेश ०४९००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही हरिवन नगरपालिका ७ बस्ने ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्र्पुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देही– लुम्बिनी साँस्कृतिक नगरपालिका- ८ सिवगढियामा लु.२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका ६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका -९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ– केदारस्यु गाउँपालिका ४ बजुवामा सु.प.प्र.०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र.०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमबार बिहान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका- ९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

कास्की– पोखरा महानगरपालिका ५ जिरो किमिमा ग.१६ प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहु म्याग्दे गाउँपालिका- ३ कोईरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७९, मंगलवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८