• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संसदमा ओलीले गरे रविको बचाउ, भने– रवि संसदमा यसै छिरेको व्यक्ति होइन

  • खबरदाता

संसदमा ओलीले गरे रविको बचाउ, भने– रवि संसदमा यसै छिरेको व्यक्ति होइन

माघ २२, २०७९

 

 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता प्रकरणमा गरेको फैसलाले कसैलाई न्याय नमिलेको जिकिर गरे ।

उनले सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउँदै भने, ‘निर्वाचनमा अत्यधिक मत ल्याएर आएका सांसद रवि लामिछानेबारे सर्वोच्च अदालतबाट एउटा मुद्दा फैसला भयो,’ ओलीले भने, ‘पहिलो, हामी अदालतलाई सम्मान गर्छौं, त्यसकारण त्यो निर्णय मान्छौँ । तर, मेरो मनमा त्यो निर्णय सुनेपछि उठेको प्रश्न– उजुरीकर्तालाई के अन्याय पर्‍यो र के न्याय खोजे रु त्यो नै थाहा भएन ।’

उनले अगाडि भने, ‘एउटा असम्बन्धित व्यक्तिले निवेदन दिएको देखिन्छ। अब, एउटा अदालतको काम त न्याय दिने हो। यो फैसलाबाट कसले न्याय पायो, त्यो मैले बुझिनँ ।’

लामिछाने संसदमा यसै नछिरेको, चुनावमा अत्यधिक मत पाएर आएको व्यक्ति भएको ओलीको भनाइ छ । उनले नागरिकता राज्यको प्रहारको विषय हुन नसक्ने पनि बताए । लामिछानेले प्रक्रियागत त्रुटी गरेको उनले बताए । ‘एउटा नागरिक, राज्यको प्रहारको विषय हुन सक्दैन । राज्यले नागरिकलाई संरक्षण गर्नुपर्छ, ओलीले भने ।

ओलीले थपे, ’सर्वोच्चको फैसलाले त्यो मुद्दामा सब्स्ट्यान्सियल इरर भन्दैन, तात्त्विक त्रुटी भन्दैन, प्रक्रियागत त्रुटी भनिन्छ । प्रक्रियागत त्रुटी भनेर सांसद, मन्त्री, अध्यक्ष सबै पद गयो । तर, न्याय कसलाई भयो त रु न्याय पाउने त कोही देखिनँ । मलाई यो बुझिनसक्नु जस्तो लाग्यो ।’

ओलीले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न र सशंय गरे । लामिछानेको नागरिकता अवैध छ भन्दै उजुरी पर्दा निर्वाचन आयोगले त्यसलाई त्यतिबेलै नस्वीकारेकाले गल्ती आयोगको भएको उनको टिप्पणी छ ।

  • प्रकाशित मिति : माघ २२, २०७९, आइतवार १५:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८